April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पाल्पामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

भदौ १८, रामपुर नगरपालिका वडा नं ४ स्थित टुनिभन्ज्याङ्गमा मिनीट्रक दुर्घटना हुदा एकको मृत्यु भएको छ । सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको हो ।

आज बिहान करिब ११ बजेको समयमा बागमती प्रदेश-०३-००१-००७१ नम्बरको मिनीट्रक कालीगण्डकी करिडोरका लागि तार जालीसहित सामान लिएर बुटवलबाट रामपुर आउँदै गर्दा दुर्घटना भएको हो ।

Advertisement

चालक भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ । उक्ट ट्रकमा चालकसहित तीन जना सवार रहेका थिए ।

अर्का एक जना भने सामान्य घाइते भएका प्रहरीले जनाएको छ । ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ ।