May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हरायाे

भाद्र २०,अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका डेविड मलानले ६६ रन बनाए । एक सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन मात्रै बनाउन सक्यो ।

Advertisement

उसका डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । ९८ रनमा पहिलो विकेट गुमाएको अष्ट्रेलियाले त्यसपछि गतिलो प्रदर्शन गर्न सकेन । अन्तिम ओभरमा जितको लागि १५ रन चाहिएकोमा अष्ट्रेलियाका मार्कुस स्टोनिसले १२ रन मात्रै बनाए । जितसँगै तीन खेलको श्रृंखलामा इंग्ल्याण्डले एक शून्यको अग्रता बनाएको छ ।