May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डकाे पोल्टामा

अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डकाे पोल्टामा

भाद्र २२, एजेन्सी । इङ्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो पोल्टोमा पारेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाउँदै पूरा गर्न सफल भएको थियो ।इङ्ल्यान्डको जितका लागि जोस बट्लरले अर्धसतकीय पारी खेले । उनले अविजित रहँदै ७७ रनको योगदान गरे । यस्तै डाविड मालनले ४२ रनको योगदान गर्दा मोइन अली अविजित रहँदै १३ रन बनाउन सफल भए ।

Advertisement

बलिङतर्फ एस्टन अगरले दुई तथा मिचेल स्टार्क र एडम जाम्पाले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

उसका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए । बलिङतर्फ क्रिस जोर्डनले दुई विकेट लिए । जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदले एक–एक विकेट हात पारे ।

अब दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।