May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

भाद्र २२, एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि  शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदनमा भएको खेलमा स्पेनलाई सहज जित दिलाउन कप्तान सर्जियो रामोसले दुई गोल गरे । त्यस्तै युवा खेलाडी अन्सु फाती  र फेरान टोरेसले एक–एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।

Advertisement

खेलको तेस्रो मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाए । २९ औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।

३२ औँ मिनेटमा स्पेनका लागि अन्सु फातीले गोल गर्दै स्पेनलाई ३-० गोलको अग्रता दिलाए । उनले गरेको गोलले स्पेनिस फुटबलका लागि एक नयाँ कीर्तिमान बनेको छ । फाती हाल स्पेनिस राष्ट्रिय टोलीका लािग सबै भन्दा सानो उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । १७ वर्षिय फाती हाल स्पेनिस ला लिगा क्लब बार्सिलोनाका लागि पनि उत्कृष्ट खेलाडीको रुपमा परिचित छन् ।

खेलको ८४ औ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४–० गोलको जित दिलाए ।

जितसँगै समूह डीको स्पेनले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । दोस्रो स्थानको युक्रेनको ३ अंक रहेको छ ।