May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

युईएफए नेसन्स लिग : दोस्रो खेलमा पनि जर्मनी बराबरी राेकियाे

भाद्र २२, एजेन्सी । युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा राेकिएकाे छ ।  पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

स्वीट्जरल्यान्डकाे घरेलु मैदानमा भएकाे खेलमा जर्मनीले  अग्रता लिएर पनि जोगाउन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको १४ औं मिनेटमा इल्काए गुन्डोगानले गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाए । डिफेन्डर म्याथियस जिन्टरको पासमा गुन्डोगानले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट फिनिस गरेका थिए ।

Advertisement

पहिलाे हाफमा १-० गाेल अन्तरकाे अग्रता लिएकाे जर्मनीले दाेस्राे हाफमा अग्रता जाेगाउन सकेन ।५७औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

सिल्भान विडमेरले ब्रिल इम्वोलोले पेनाल्टी बक्सभित्र उपलब्ध गराएको बललाई सिधै जाली चुमाउदा लेनोले रोक्ने कुनै मौका नै पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

बराबरीपछि जर्मनी २ खेलबाट २ अंक जोडेर लिग ‘ए’ ४ मा तेस्रो स्थानमा तथा १ अंक जोडेर स्वीट्जरल्यान्ड पुछारमा छ । स्पेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहँदा युक्रेन ३ अंकसहित दोस्रो स्थानमा छ ।