May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डब्लूएचओ भन्छ कोरोनाबाट पाठ सिकेर अर्को महामारीको सामना गर्न तयारी अवस्थामा रहनुपर्छ

डब्लूएचओ भन्छ कोरोनाबाट पाठ सिकेर अर्को महामारीको सामना गर्न तयारी अवस्थामा रहनुपर्छ

भदौ २३, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले विश्वलाई पाठ सिकाएको बताएको छ । 
सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।

महानिर्देशक टेड्रोसले उक्त बैठकमा अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताए। उनले कोरोना महामारी मात्र अन्तिम महामारी नभएको भन्दै अरु महामारीको लागि विश्व तयार रहनुपर्ने जनाए ।

Advertisement