May 12, 2024, Sunday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यूईएफए नेसन्स लिग : आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

यूईएफए नेसन्स लिग : आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

भाद्र २४, एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्यान्डमाथि शानदार जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गरेकाे हाे ।

बेल्जियमलाई शानदार जित दिलाउनका लागि मिच्चे बात्सुयाले दुई गोल गरे । त्यस्तै एक्सेल विट्सेल, डेरिस र्मेतेन्स, डेरिस मेर्टेन्स र डोकुले एक–एक गोल गरे । आइसल्यान्डका लागि होल्ब्रेटले एक गोल गरे ।

Advertisement

खेलको १० औँ मिनेटमा आइसल्यान्डका लागि हेल्ब्रेटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १३ औँ मिनेटमा एक्सेलले बेल्जियमका लागि बराबरी गोल फर्काए । १७ औँ मिनेटमा डेरिसले गोल गर्दै बेल्जियमको अग्रता २-१ गोलको बनाए ।

पहिलो हाफमा दुई गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । बेल्जियमका लागि खेलको ५० औँ मिनेटमा डेरिसले गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाए । ६९ औँ मिनेटमा बात्सुयाले व्यक्तिगत दोस्रो गोल तथा टिमका लागि चौथो गोल गरे ।

७९ औँ मिनेटमा बेल्जियमका लागि डोकुले गोल गर्दै टिमलाई ५–१ गोलको जित दिलाए । जितसँगै बेल्जियम दुई खेलबाट ६ अंक जोड्दै समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । पराजित आइसल्यान्ड चौथो स्थानमा छ ।