May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्विडेनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोको कीर्तिमानी गोल

स्विडेनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोको कीर्तिमानी गोल

भाद्र २४, एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा पोर्चुगलले सहज जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २-० गोलको जित निकालेको हो ।

पोर्चुगललाई सहज जित दिलाउनकाे लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । याेसँगै डाेनाल्डाेले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गरेकाे छ ।

Advertisement

खेलको ४५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै विश्व फुटबलमा आफूलाई राष्ट्रिय टोलीका लागि १०० गोल पूरा गर्ने खेलाडीको रुपमा स्थापित गरेका छन् । खेलको ७२ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० गोलको जित दिलाए ।

जितसँगै समूह सी को पोर्चुगलले दुई खेलबाट ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । समान अंक रहेको फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित स्विडेन तेस्रो स्थानमा छ ।