May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी

अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी

एजेन्सी– अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ। प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफूहरूले धेरै प्राप्त गरेको जानकारी दिएको छ।

निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमणहरु विशेष गरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ।

Advertisement

त्यस्ता कार्यबाट उनीहरुले कतिपय व्यक्तिगत र कतिपय संस्थागत सूचनाहरू लिने गरेको माइक्रोसफ्टका अधिकारीहरुले जनाएका छन्।