May 10, 2026, Sunday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

भदौ २७, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षले ओलम्पिक खेलहरू अर्को वर्ष आयोजना हुने बताएका छन् । कोरोना महामारी रहे या नरहेपनि अर्को वर्ष ओलम्पिक खेल सुरु हुने जनाइएको छ ।समाचार एजेन्सी एएफपीका ओलम्पिक समितिका उपाध्यक्ष जोन कोट्सले भनेका छन्, ‘ओलम्पिक प्रतियोगिता अर्को वर्षको जुलाई २३ देखि सुरु हुँदैछ।’

ओलम्पिक खेल जुलाई २०२० मा सुरु हुने थियो, तर कोरोना महामारीलाई मध्यनजर गर्दै उक्त मिति स्थगित गरिएको हो।अन्तर्राष्ट्रिय ओलम्पिक समिति अर्थात् आईओसीले पनि २०२१ भन्दा अघि प्रतिस्पर्धा गर्न नचाहने जनाएको छ।

Advertisement

आईओसीले २०११ मा जापानमा सुनामी र भूकम्पको उदाहरण दिँदै सुनामीको विनाशपछि ओलम्पिक ‘पुनर्निर्माण खेल’ को विषयवस्तुसँग खेलेको जनाएको छ ।