April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

 भाद्र २८,एजेन्सी । युएस ओपन च्याम्पियन महिला एकलको उपाधि जापानकी २२ वर्षीय खेलाडी नाओमी ओसकाले जितेकी छन् ।

ओसाका जापानकी चौथो वरीयताकी खेलाडी हुन् । उनले युएस ओपन च्याम्पियनको अन्तिम खेलमा बेलारुसकी भिक्टोरिया अजरेक्कलाई पराजित गर्दै उपाधि कब्जा गरेकी हुन् । नेपाली समय अनुसार आइतबार बिहान भएको अन्तिम खेलमा ओसाकाले अजरेक्कलाई २-१ को सेटमा पराजित गर्दा तेस्रो ग्रान्डस्लामको बिजेता बन्न सफल भएकी हुन् ।

Advertisement

सुरुवाती चरणको सेटमा ओसाकाबिरुद्ध अजरेन्का हावी भएपनि पछिल्लो सेटमा उत्कृष्ठ प्रदर्शन गर्दै बिजेता बनेकी हुन् ।
पहिलो सेटको खेलमा १-६ मा सिममित भएकी ओसाकाले दोस्रो र तेस्रो सेटको खेलमा ६-३ तथा ६-३ को नतिजा निकाल्न सफल भएकी थिइन् ।

ओसाका २०१८ को युएस ओपनकी ग्रान्डस्लाम विजेता हुन् । त्यस्तै उनले सन् २०१९ मा अस्ट्रेलियन ओपन च्याम्पियन जितेकी थिइन् ।