April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एमएसभी डुइसबर्गमाथि डर्टमन्डको ५ गाेल

एमएसभी डुइसबर्गमाथि डर्टमन्डको ५ गाेल

भाद्र ३०, एजेन्सी । बोरुसिया डर्टमन्डले डीएफबी फोकल फुटबलमा शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा डर्टमन्डले एमएसभी डुइसबर्गमाथि ५-० गोलको फराकिलो जित निकालेको हो ।

डर्टमन्डको जितमा जाडोन सान्चो, जुडे बिलिङ्हम, थोर्गन हाजार्ड, गिभानी रिना र मार्को रेउसले एक एक गोल गरे । खेलको पहिलो हाफमा ३-० को अग्रता दिएको डर्टमन्डले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

Advertisement

खेलको १४ औं मिनेटमा सान्चोले पेनाल्टीमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा बिलिङ्हमले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पारे । उनले थोर्गन हाजार्डको पासमा गोल गरेका थिए ।

खेलको ३८ औं मिनेटमा एमएसभी डुइसबर्ग १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर भोल्कमेरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एमएसभी डुइसबर्ग १० खेलाडीमा समेटिएको थियो । एक मिनेट नबित्दै त्यसको फाइदा उठाउँदै हाजार्डले गोल गर्दै डर्टमन्डलाई ३-० गोलको अग्रता दिलाए ।

५० औं मिनेटमा गिभानी रिनाले गोल गर्दा डर्टमन्ड ४-० ले अगाडि बढ्यो । त्यसको आठ मिनेट नबित्दै मार्कोले गोल गरे । उनले सान्चोको सापमा गोल गर्दै डर्टमन्डलाई ५-० को जित दिलाए ।