May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चेल्सी र वुल्भसको विजयी सुरुवात

चेल्सी र वुल्भसको विजयी सुरुवात

भाद्र ३०, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र वुल्भसले विजयी सुरुवात गरेका छन् ।
गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई तीन एकले पराजित गरेको हो भने वुल्भ्सले शेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको हो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा २३औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । त्यसपछि ५४औं मिनेटमा लिणन्ड्रो ट्रासार्डले ब्राइटनका लागि बराबरी गोल फर्काए थिए । त्यसको दुई मिनेटपछि नै रिस जेम्सले गोल गरेपछि चेल्सी फेरि अग्रता बनायो ।

Advertisement

६६औं मिनेटमा कोर्ट जुमाले चेल्सीको लागि तेस्रो गोल गरे । त्यस्तै अर्को खेलमा वल्भ्सले खेलको सुरुवाती दश मिनेटभित्र नै दुई गोल गरेको थियो । शेफिल्डको मैदानमा भएको खेलको तेस्रो मिनेटमा रहुल जिमिनेजले गोल गर्दै वुल्भसलाई अग्रता दिलाए ।

छैटौं मिनेटमा रोमन सेइसले गोल गर्दै वुल्भसको अग्रता दोब्बर पारेका थिए । जितसँगै दुबै टिमले महत्वपूर्ण तीन अंक जोडेका छन् ।