May 15, 2024, Wednesday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

आश्वीन १, काठमाडौं । आज सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा ठुलो भीड लागेको छ । जसले आफ्ना पितृहरुलाई तिलमिश्रित जलले तीनपटक अन्जुली प्रदान गर्दछन्, उनीहरुको जन्मदेखि तर्पणका दिनसम्मको पापहरु नाश हुन्छ भन्ने विश्वासका साथ पितृलाइ तर्पण दिनेकाे भीड लागेकाे हाे ।

आश्विन कृष्ण प्रतिपदा देखि अमावस्यासम्म ब्रम्हाण्डको उर्जा तथा त्यस उर्जासँगै पितृप्राण व्याप्त रहने विश्वासका साथ पितृपक्ष मनाइन्छ । यस वर्ष  पनि विगतमा जस्तै आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष आज अपराह्न कालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ ।

Advertisement

धर्मशास्त्र अनुसार जुन कुरा श्रद्धापूर्वक जे अर्पित गरिन्छ, त्यो नै श्राद्ध हो । हिन्दु धर्म शास्त्रहरुमा पितृ श्राद्ध गर्नु पुत्रको अनिवार्य कर्तव्य मानिएको छ । जन्मदाता मातापिताको मृत्युउपरान्त मानिसले नबिर्सिउन् भनेर श्राद्ध गर्ने विशेष विधान बनाइएको पाइन्छ ।