May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मलमासमा भुलेर पनि गर्न नहुने यी ५ काम

मलमासमा भुलेर पनि गर्न नहुने यी ५ काम

काठमाडौं-हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् ।

बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ ।

Advertisement

अधिकमास परेकाे महिनामा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

अधिकमास परेकाे महिनामा मुहुर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु वर्जित गरिएकाे छ ।

शास्त्रीय नियमअनुसार अतिरिक्त समय भएकाले याे समय अन्य समयभन्दा कमजाेर हुनेहुँदा नयाँ थालनी गरिएका कार्यहरु सफलहुने सम्भावना एकदमै न्यून हुन्छ ।

यस्ताे समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि,शतचण्डी लगाएका कुनै पनि धार्मिककर्महरु त्यस्तै गृहप्रवेश, नयाँ कार्यको थालनी, नयाँ यात्राको शुभारम्भ गर्न नहुने उल्लेख गरिएको छ ।

नव विवाहित दाम्पत्तीहरूका लागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । वैवाहिक सम्बन्धमा बाधिएपछि एक पटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । यदि नबारेमा पतिलाई शारीरिक,मानसिक तथा आर्थिक कष्ट पर्ने मुहूर्त मार्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

एकपटक बारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताइएकाे छ । दैनिक रूपमा गर्दै आएका कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगायतका कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ ।

अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारण यसलाई पुरुषाेत्तममास भनर पनि भनिएकाे छ ।

पाैराणिक कथाअनुसार सूर्य र चन्द्रमा बिचकाे सन्तुलन मिलाउनका लागि अधिकमासकाे गणना भएकाे हाे ।