May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिरहामा सल्हेश मन्दिरको शिल्यानास दिलिप कुमार सहनी

सिरहामा सल्हेश मन्दिरको शिल्यानास दिलिप कुमार सहनी

आश्विन २, काठमाडौं । सिरहामा सल्हेश मन्दिरको शिल्यानास गरिएको छ । धार्मिक धरोहरको रुपमा चिनिएका ऐतिहासिक स्थल सल्हेश गहवरमा सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले सल्हेश मन्दिरको शिल्यानास गरिएको हो ।

सल्हेश मन्दिर सिरहा जिल्लाको मात्र नभएर तराई मधेशको धार्मिक धरोहरको परिचय दिँदै आएको नगरप्रमुख यादवले बताउनुभयो । बर्षौ अघि निर्माण भएको मन्दिर जीर्ण भएको कारण नयाँ मन्दिर निर्माण गर्न नगरपालिकाले थालिएको निर्माण अभियानको पहिलो चरण पुरा भएको हो उहाँले भन्नुभयो ।

Advertisement

मन्दिर निर्माण आउदो वर्षभित्रै सम्पन्न हुने उहाँको विश्वास छ । सल्हेश मन्दिर निर्माण पुरा भए पछि धार्मिक पर्यटन क्षेत्रमा एउटा नयाँ इटा थपिने नगरप्रमुखको तर्क रहेको थियो ।

वित्तिय समानीकरण र समपुरक अनुदानको १ करोड ९४ लाख २५ हजार ९ सय २३ पैसा ८८ लागत रहेकोमा घटाघट प्रक्रियामा गएर बालाजी निर्माण सेवा सिरहा नपा १ ले १ करोड २४ लाख २७ हजार ९सय ४५ पैसा ४ मा ठेक्का दिइएको सकार सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो ।