April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले खाता खोल्यो

मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले खाता खोल्यो

आश्विन ४, एजेन्सी । ‘इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को पहिलो खेलमा महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्सले रोहित शर्माको मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

शनिबार राति अबुधाबीको शेख जायद स्टेडियममा भएको खेलमा चेन्नाईले मुम्बईलाई ५ विकेटले पराजित गर्दै खाता खोलेको हो ।

Advertisement

साविक विजेता मुम्बई इन्डियन्सले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । जवावमा चेन्नाई सुपर किंग्सले १९.२ ओभरमै लक्ष्य हाँसिल गरेको हो ।

चेन्नईको जितमा अंबति रायडुले सबै भन्दा बढी ७१ रन बनाए । त्यस्तै, फाफ डु प्लेसिस ४४ बलमा ६ चौकासहित ५८ रनमा अविजित रहे ।

यसका साथै, मुरली विजयय १ रन, शेन वाटशन ४ रन र जडेजाले १० रन बनाए । त्यस्तै, श्याक कुरेनले ६ बलमा १८ रनको धमाकेदार पारी खेले, भने धोनी नटआउन रहे ।