May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

पेट्रोल ट्यांकर त्रिशूलीमा खसेपछि पानीमै लाग्याे आगाे

 आश्विन ४, काठमाडौं । पेट्रोल बोकेर काठमाडाैँतर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खसेकाे बताइएकाे छ । ट्यांकर नदीमा खसेपछि पानीमै आगलागी भएको छ ।

ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइतबार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । धादिङको गल्छी गाउँपालिका– ६ चरौंदीबाट त्रिशूलीमा खसेर आगाे लागेकाे भए पनि  दमकलको सहायताले आगो निभाइसकेकाे बताइएकाे छ ।

Advertisement

प्रहरीका अनुसार ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आइसकेका छन् भने उद्धार कार्य भइरहेको  छ ।