May 4, 2024, Saturday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

जर्मन बुन्डेसलिगामा डर्टमन्डकाे जितमा हालान्डकाे दुई गोल

आश्विन ४, एजेन्सी। जर्मन बुन्डेसलिगामा डर्टमन्डले मनछेनग्लाडवाखलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले मनछेनग्लाडवाखलाई ३–० गोलले पराजित गरेको हो ।

डर्टमन्डको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा जियोभानी रिनाले एक गोल गरे । खेलको ३५ औं मिनेटमा जियोभानी रिनाले गोल गर्दै मर्डबन्डलाई अग्रता दिलाएका थिए । उनले जुडे बेलिघमको पासमा गोल गर्दै घरेलु टोली डर्टमन्डलाई पहिलो हाफमा १-० को अग्रता दिलाए ।

Advertisement

५४ औं मिनेटमा हालान्डले गोल गर्दै अग्रता दोब्बर पारे । उनले पेनाल्टीमा गोल गरेका थिए । ७७ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरे । उनले जाडोन सान्चोको पासमा गोल गर्दै डर्टमन्डलाई ३–० को सहन जित दिलाए ।

यसजितसँगै डर्टमन्डले नयाँ सिजनको बुन्डेसलिगामा तीन अंक जोड्दै सुखद सुरुआत गरेको । यता मनछेनग्लाडवाख भने पहिलो खेलमा नै हार व्यहोर्दैै खराव सुरुआत गरेको छ ।