May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

आश्विन ९, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ । बिहीबार भएको खेलमा पन्जाबले बैंगलोरलाई ९७ रन फराकिलो अन्तरले हराएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७ रनको लक्ष्य पछएको बैंगलोरले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन बनायो । बैंगलोरका लागि वासगिन्टोन सुन्दरले सर्वाधिक ३० रन बनाए । त्यस्तै एबी डी बिलियर्सले २८ रन जोड्दा अरोन फिन्च २० र शिभम् डुबेले १२ रन जोडे । बलिङतर्फ पन्जाबका लागि मुर्गान अश्विन र रवि विश्नोइले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै सेल्डोन कट्रेलले दुई विकेट लिँदा मोहमद स्वामी र गेलेन म्याक्सवेलले एक–एक विकेट लिए ।

Advertisement

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो । पन्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारी खेले । ६९ बल खेलेका राहुलले १४ चौका र ७ छक्काको सहयोगमा नट आउट १३२ रन बनाएका हुन् । योसँगै राहुल आइपिएल इतिहासमा कप्तानको रुपमा एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

राहुलले सनराइर्जस हैदराबादका कप्तान डेभिड वार्नरलाई पछि पारेका हुन् । यसअघि कप्तानको रुपमा वार्नरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध ५९ बलमा १ सय २६ रनको इनिङ खेलेका थिए । आइपिएल इतिहासमा राहुलको यो सर्वाधिक चौथो ठूलो व्यक्तिगत इनिङ हो ।

त्यस्तै महेकं अग्रवालले २६ तथा निकोलस पुरानले १७ रन र करुन नैरीले १५ योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि शिभम डुबेले दुई विकेट लिए । त्यस्तै युजेभेन्द्र चहालले एक विकेट लिए । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोस्रो खेलमा सहज जित निकालेको छ ।