May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण

एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण

आश्विन ९, एजेन्सी । एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण भएको छ । उनलाई बिहीबार गरिएको दोस्रो परीक्षणमा कोरोना संक्रमण देखिएको क्लबले जनाएको छ ।

क्लबले इब्रासहमोभिचलाई दोस्रो परिक्षणमा कोरोना पोजेटिभ देखिएको पुस्टि गरेको छ । कोरोना संक्रमण देखिएपछि इब्राहिमोभिचले बिहीबार राति भएको युरोपा लिगको तेस्रो चरणको क्वालिफाइङ राउण्ड अन्तर्गत बोडोविरुद्धको खेल गुमाएका थिए ।

Advertisement

स्ट्राइकर इब्राहिमोभिचले पनि अफ्नो ट्विटर अकाउन्टमा ट्विट गर्दै आफूलाई कोनोना संक्रमण भएको बताएका छन् । उनले आफूलाई बुधवार गरेको परिक्षणमा नेगेटिभ र बिहीबार गरेको परीक्षणमा पोजेटिभ आएको बताएका हुन् । “त्यस्तो कुनै लक्षण कहिल्यै देखिएन,” उनले भनेका छन्, “कोविडले मलाई चुनौती दिन साहस गरेको छ । जुन खराब विचार हो ।”

इब्राहिमोभिचलाई उनको घरमा क्वारिन्टाइनमा राखिएको क्लबले जनाएको छ । क्लबले बिहीबार दिएको जानकारी अनुसार सबै अन्य टोली सदस्यहरू र स्टाफको भने नेगेटिभ नतिजा आएको बताएको छ ।