May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

आश्विन १०, एजेन्सी । युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । एन्तोनोव–२६ विमान अवतरणका यक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

विमानमा खार्किभ एयरफोर्स युनिभर्सिटीका क्याडेटहरु प्रशिक्षण उडानका लागि सवार थिए । दुर्घटनामा परेको विमानमा २७ जना सवार रहेका युक्रेनको आपतकाल मन्त्रालयले जनाएको छ ।

Advertisement

विमान दुर्घटनामा २ जना गम्भीर घाइते भएका जनाइएको छ । अन्यको खोजी जारी रहेको जनाइएको छ ।