May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फिलिपिन्समा शक्तिशाली आँधीबाट १० को मृत्यु, हजारौँ विस्थापित

फिलिपिन्समा शक्तिशाली आँधीबाट १० को मृत्यु, हजारौँ विस्थापित

एजेन्सी फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् ।

आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् ।

Advertisement

स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो । आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ ।

अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् ।

बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ । उक्त शहरमा ७० हजारले बसोबास गर्दै आएका छन् ।

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्याधिक वर्षा भएको छ ।