April 21, 2024, Sunday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा

काठमाण्डाै – चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भइ द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।

तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ । नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन भ्रमण भइसकेकाले बेइजिङबाट पनि रक्षामन्त्रीको भ्रमण हुनुलाई असामान्य मान्नुपर्दैन ।
 
एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार काठमाण्डौ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाण्डौ बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भने पनि यसलाई सद्भावना भ्रमण भन्न सकिन्छ।

Advertisement

दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिँदै सुरक्षासम्बन्धी मामिलामा आश्वस्त हुन तथा एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन यो भ्रमणबाट मद्दत पुग्ने मात्र नभई सम्बन्धको नवीकरण एवं आत्मीयता प्रकट गर्ने उपयुक्त अवसर हुनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण पूरा भएको झण्डै एकवर्ष उहाँपछि उच्चस्तरमा पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीनले नेपाललाई प्राथमिकतामा राखेको पुन: र्पुष्टि पनि गरेको छ ।