April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

मुगु – कर्णाली प्रदेशको कुल देवताको रुपमा ‘मस्टो’लाई पूजा गर्ने चलन छ।  कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। मस्टो पूजा बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमामा गरिन्छ।

यस वर्षको कार्तिक पूर्णिमा मंसिर १५ मा परेको थियो। यस पूर्णिमा धलपुरो र मस्टोको पूजा गरिन्छ। कर्णालीको हिमाली जिल्ला मुगुका अधिकांश गाउँहरुमा कार्तिक पूर्णिमाको अवसरमा मष्टो धल्पुरोलगायतका देवताको सोमबार पूजा गरिएको छ।

Advertisement

यस पूर्णिमाको अवसरमा लाग्ने यो मेला मुगुको छायानाथ रारा नगरपालिकाका कार्किबाडा, छत्यालबाडा र ढुम गाउँलगायत अन्य गाउँपालिकाका पनि मेला लाग्ने गरेको छ। मेलामा धार्मिक परम्पराअनुसार पैठो भात खाने र आफ्ना नजिकका ईष्टमित्रहरु जम्मा मनाउने गरिएको छ। मेलामा स्थानीय स्तरमा उत्पादन भएका वस्तुका परिकार बनाई खाने प्रचलन छ। 

मस्तोको पूजा सदियौंदेखि गर्दै आइएको जानकारहरु बताउँछन्। नौ पुस्ताअघि भारतको पिथौरागडबाट मस्टो देवता आई थार्प गाउँको रुखमुनि बसेको यस क्षेत्रका वृद्धवृद्धाहरु बताउँछन्।