April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विश्वकै खुँखार आतंकवादी सूचीमा अबु बकर, टाउकाको मूल्य ८२ कराेड ५८ लाख !

विश्वकै खुँखार आतंकवादी सूचीमा अबु बकर, टाउकाको मूल्य ८२ कराेड ५८ लाख !

एजेन्सी – विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबू बकर शेकाऊको टाउकाको मूल्य तोकिएको छ । अबू बकर शेकाऊको टाउकाको मूल्य अमेरिकाले ७० लाख अमेरिकी डलरको घोषणा गरेको हो ।

अफ्रिकी मुलुक नाइजेरियाको विद्रोही समूह बोको हरामका कमाण्डर अबू बकर शेकाऊ यस्ता ब्यक्ति हुन् जसकोे एक इशारामा आतंकवादीको फौज क्षणभरमा रगतको होली खेल्न तयार हुन्छन् । नाइजेरियाको ठूलो हिस्सा उनको कब्जामा छ, जहाँ उनकै आदेश शिरोपर हुन्छ । अमेरिकाले उनै अबू बकर शेकाऊको नाम मोस्ट वान्टेडको सूचीमा राखेर उनको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर (८२ कराेड ५८ लाख ४० हजार रूपैयाँ) तोकेको हो ।

Advertisement

बोको हरामको मुखिया अबू बकर पछिल्ला केही बर्षदेखि नाइजेरियामा भइरहेको नरसंहारको जिम्मेवार हुन् । अबू बकर शेकाउको नाम मात्रै पाँच वटा छ । अबू बकर शेकाऊ उर्फ दारूल तौहीद, अबू बकर शिकवा, इमाम अबू बकर र शिकू उर्फ अबू मुहम्मद अबू बकर बिन मोहम्मद अल शकवी अल मुस्लिमी बिशक ।

अबू बकर शेकाऊ इस्लामिक अतिवादी संगठन आई.एस.आई.एसका प्रमुख अबू बकर अल बगदादी भन्दा दुई गुणा प्रभावशाली नेता मानिन्छन् । बगदादी जस्तै यिनको पनि नाइजेरिया र आसपासको देशलाई इस्लामिक स्टेट बनाउने सपना छ ।

अबू बकर नाइजेरियाको कमाण्डर बनेयता यिनको इशारामा बोको हराका लडाकुले पछिल्लो समय नाइजेरियाको अलग अलग शहरमा जारी राखेको हिंसामा हजारौं मारिएका छन् भने लाखौं विस्थापित भएका छन् ।

हाल नाइजेरियाको उत्तर पूर्वका तीन राज्यमा उनको हुकुम चल्ने गरेको छ । त्यति मात्र होइन विश्वका आतंकवादी समूहका कमाण्डरहरुमा शेकाऊ छलकपट र भेष बदल्नमा माहिर मानिन्छन् ।

शेकाउले हालसम्म कुनै पनि लडाकुसँग सिधै कुराकानी गरेका छैनन् । लडाकुहरुसँग उनको कुराकानी वक्तब्यमार्फत् हुने गर्दछ