April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दक्षिण काेरिया द्वारा फेरि कडा निर्देशन जारि,प्रक्रिया पुगेका श्रमिक थप प्रभावित

दक्षिण काेरिया द्वारा फेरि कडा निर्देशन जारि,प्रक्रिया पुगेका श्रमिक थप प्रभावित

काठमाडौँ – काेराेना भाइरस राेकथामकाे लागि दक्षिण काेरियाले फेरि कडा निर्देशन जारि गरेको छ ।याे कडा निर्देशन विदेशीलाई लक्षित गर्दै आफ्नो देशका नागरिकलाई भनेको छ विदेश यात्रा रद्द गर्नु ।मार्चको १८ देखी अप्रिल १६ सम्म आफ्नो देशका नागरिकहरुलाइ बिदेश भ्रमण रोक्न वा स्थगित गर्न भनेको छ । काेरियाली नागरिकलाई चेतावनी पत्र जारि गर्दै विदेशयात्रा नगर्न यदि निर्देशनकाे उलंघन गरे कानुन बमोजिम कारबाही गरिने बताएको छ । जारी गरिएको निर्देशिकामा बिश्वको धेरै देशमा गरिएको उडान प्रतिबन्धलाई थप निरन्तरता दिएको समेत बताएको छ ।

देशभर काेराेना भाइरस खाेप सुरु हुदा पनि दक्षिण काेरियाले यस्तो कडा निर्देशन जारी गर्नु आलाेचित कदमकाे रुपमा लिइएको छ ।विदेशीले मात्रै काेराेना सार्छन भन्ने साेचका साथ काेरिया सरकारले जारि गरेको निर्देशनले त्यहाँकाे राेजगारी फेरि प्रभावित हुने भएको छ ।

Advertisement

विदेशीलाई आवतजावतमा समेत प्रतिबन्ध लगाएपछि इपिएस पास गरेका विभिन्न देशका नागरिकहरु पनि एक महिना सम्म काेरिया जान नपाउने भएका छन ।