May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हात छोडेर तिव्र गतिमा मोटरसाइकल कुदाउँदा एक युवकको मृत्यु

हात छोडेर तिव्र गतिमा मोटरसाइकल कुदाउँदा एक युवकको मृत्यु

सप्तरी –  सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाकाे ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । 

सप्तरीको राजविराजबाट हनुमाननगरतर्फ तीव्रगतिमा जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकल सप्तरीको  राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परेर माेटरसाइकलकाे पछाडि सवार  सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल  कुमार मण्डल  घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा ज्यान गएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । टाउको र छातीमा चोट लागेर घाइते भएका कौशलको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।