April 15, 2021, Thursday
२०७८ बैशाख २, बिहीबार

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको ज्यान गयो

काठमाण्डौ अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ ।

बोल्डर सहरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका बीबीसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उनलाई चोट लागेकाले उपचार भइरहेको खबरमा उल्लेख छ । आक्रमण के कारणले भयो भन्नेबारे खुलेको छैन ।