April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ठोरीको विकासः बीचमा सालको रुख, छेउ–छेउमा सडक पिच !

ठोरीको विकासः बीचमा सालको रुख, छेउ–छेउमा सडक पिच !

वीरगंज–ठोरी हुलाकी सडक खण्डमा रुखलाई बीचमा पारेर सडक पिच गरिएको छ ।

ठोरी – ३ मा बफर जोन (मध्यवर्ती क्षेत्रमा) हुलाकी सडक परेकोले यस अघि ठेकेदारले निकुञ्जसँग सडकखण्डको बीचमा परेका रूख कटान गर्न इजाजत माग्दा अहिलेसम्म नदिएका कारण बीच सडकमा सालको रूख छाडेर कालोपत्र गर्ने काम गरिएको हो ।

Advertisement

ठेकेदार कम्पनीका उद्धव न्यौपानेले बारम्बार ताकेता गर्दा रूख कटानको इजाजत नलिएको कारणले सडकखण्डको बीचमा रूख राखेर कालोपत्र गर्नुपरेको बताए । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मणिनाथ बरालले रूख कटानको लागि निकुञ्जले निर्णय गर्न नसक्ने बताए । उनले निकुञ्जभित्र रूख कटानको लागि मन्त्रीस्तरीय निर्णय हुनुपर्ने र सो नहुँदा कटानको इजाजत नदिएको प्रष्ट पारे ।

वीरगंज–ठोरी हुलाकी सडक खण्ड भित्र पर्ने सयौं बिजुलीको पोल बिजुलीका पोलहरु हटाएता पनि तर सडक खण्ड भित्र पर्ने १६ वटा रुख हरु हटाउन नसक्दा रात समयमा दुर्घटना हुन सक्ने उच्च जोखिम देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको बफरजोम एरिया पर्ने भएकोले दस दिन भन्दा बढी समयदेखि निकुञ्जले सडक निर्माणको काम रोकेको छ । ठोरी गाप वडा नं. २ को गौतम नगर देखि फारलयन हुदै ठोरी १ को सरस्वती नगरको फारलयन हुदै चौतरा सम्म सडक निर्माणको कामलाई राष्ट्रिय निकुञ्जले (जङ्गली क्षेत्र) निकुञ्ज ठाउ पर्ने भन्दै सडक निर्माणकार्यमा अबरोध गरेको छ ।

ठोरी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय ठोरी बासीले ठोरी १ र ठोरी २ मा लगभग १० किलोमिटर भन्दा बढी बाँकी सडक निर्माणको लागि हुलाकी सडक कार्यालयका डिभिजन इन्जिनीयरको बारम्बार ध्यानाकर्षण गराउँदा निकुञ्जले काम रोक्न पत्राचार गरेको ठोरी गापाका अध्यक्ष पिएल श्रेष्ठले बताए ।