April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने

प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जानुहुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो । 

सवा पाँच बजे रङ्गशाला पुग्नु हुने प्रधानमन्त्रीले पूरै समय खेल हेर्ने पनि बजगाईँले जानकारी दिनुभयो । प्रधानमन्त्री उपस्थित भए पनि रङ्गशाला वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रङ्गशाला प्रवेश गर्ने दर्शकको जाँचमा पनि कडाइ हुने सुरक्षा स्रोतले जनाएको छ ।

Advertisement

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल साढे पाँच बजे सुरु हुँदैछ । त्रिदेशीय फुटबल कपकाे उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्न लागेका हुन् ।