April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोभिड अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा कम्तीमा २३ जनाको मृत्यु

कोभिड अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा कम्तीमा २३ जनाको मृत्यु

काठमाडौँ – इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा आगलगाी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ।

शनिवार राति खतिब अस्पतालमा शुरू भएको आगलागीमा परेर दर्जनौँ घाइते भएका छन्।रिपोर्टहरूमा जनाइएअनुसार अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी शुरू भएको हो।सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन्।इराकका प्रधानमन्त्री मुस्तफा अल(कादिमिले दुःखद दुर्घटनाुको कारण खोल्न तत्काल अनुसन्धान गर्ने भनेका छन्।इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो।

Advertisement

अहिलेसम्म आपत्‌कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन्।अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड(१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिएु।घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पुर्‍याइएको छ।