April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
किन एउटा देशको सङ्कटका कारण विश्वभरि उपलब्ध हुनुपर्ने खोप प्रभावित भयो ? 

किन एउटा देशको सङ्कटका कारण विश्वभरि उपलब्ध हुनुपर्ने खोप प्रभावित भयो ? 

भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर चलिरहँदा विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी कोभिड खोप उत्पादन गर्ने आफ्नो महत्त्वाकाङ्क्षी लक्ष्य प्राप्त गर्न सङ्घर्ष गरिरहेको छ।महाराष्ट्रको पुणेमा रहेको सीरम इन्स्टिट्यूट अफ इन्डियाले प्रत्येक महिना १० करोड मात्रा आस्ट्राजेनेका खोप उत्पादन गरेर विश्वका जोखिमयुक्त र गरिब समुदायलाई खोप लगाउने कार्यमा सघाउने वाचा गरेको थियो।

तर भारतमा दोस्रो लहर आएपछि सरकारले उक्त कम्पनीलाई निर्यात गर्न रोक लगाउँदै आफ्ना नागरिकका लागि खोपको जोहो गरेको छ।ठूलो अन्तर्राष्ट्रिय दबाव र छलफलपछि यूके निर्यात गर्न लागिएका ५० लाख मात्रा खोप गत मङ्गलवार मात्रै नरेन्द्र मोदीको सरकारले रोकिदियो।

Advertisement

भारतले मार्चको मध्यतिर गरेको निर्णयका कारण एशियाली र अफ्रिकी मुलुकहरूमा खोप अपुग भएको छ। भारतले कहिले निर्यात प्रतिबन्ध खोल्छ र निर्यात गर्न बाँकी रहेका खोपहरू कसरी पठाउँछ भन्ने कुरा स्पष्ट छैन।मार्चदेखि एप्रिलसम्ममा कोभिड खोपको निर्यात ९३ प्रतिशतले घटेको भारतीय विदेश मन्त्रालयको तथ्याङ्क छ। दुईकरोड ८० लाखबाट २० लाख मात्रामा घट्नुलाई भारतले आफ्नो खोप कार्यक्रमलाई प्राथमिकता दिन थालेको मानिएको छ।भारतबाट खोप निर्यात कम भएपछि त्यसको प्रभाव विश्वभरि देखिएको छ। विश्वका ६० वटाभन्दा बढी देशलाई यसले प्रत्यक्ष प्रभाव पारेको छ।

यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स कार्यक्रमअन्तर्गत भारतसहित विश्वका कम आय भएका मुलुकलाई दुई अर्ब खोप बाँड्ने योजना सञ्चालन गर्ने ग्याभी त्यसका लागि आवश्यक खोप अन्यत्र खोज्न थालेको छ।”कोभ्यासले भारतको सीरमले उत्पादन गरेको खोपको अपेक्षा गरिरहेको छैन,” ग्याभीका एक प्रवक्ताले भने। “सीरमले फेब्रुअरीदेखि मेसम्म कोभ्यासलाई ११ करोड मात्रा दिने बताएको थियो जसमध्ये अहिलेसम्म दुई करोड मात्रा मात्रैप्राप्त भएको छ।”

यसले गर्दा मेमा आपूर्ति हुने भनिएका देशहरूमा कोभ्यासबाट खोप नआउने भएको छ। ती देशहरूलाई ग्याभीले निर्धारित समयभन्दा एक महिनापछि जुनको अन्त्यतिर खोप आउने अपेक्षा गर्न भनेको ती प्रवक्ताले बताए।बिबिसी