April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इजरेल-प्यालेस्टाइन लडाइँमा आइतवार सबैभन्दा ‘घातक दिन’ 

इजरेल-प्यालेस्टाइन लडाइँमा आइतवार सबैभन्दा ‘घातक दिन’ 

काठमाडौँ – गाजास्थित् प्यालेस्टिनी अधिकारीहरूले भनेका छन्, एक साताअगाडि इजरेलसँग लडाइँ सुरु भएयता आइतवार सबैभन्दा घातक दिन रह्यो।इजरेली हवाई हमलामा ४० जनाभन्दा धेरैको ज्यान गएको छ।इजरेली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्।

गाजास्थित प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध इजरेलको सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरेली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले बताएका छन्।शान्ति बहाली गर्न जति समय आवश्यक हुन्छ त्यति समयसम्म कारबाही जारी राख्ने उनले चेतावनी दिएका छन्।

Advertisement

आइतवार सङ्घर्ष सुरु भएयताकै सबभन्दा घातक दिन रह्यो। मध्यरातपश्चात् इजरेली हवाई हमलामा गाजाको व्यस्त सडक परेको थियो। त्यहाँ तीनवटा भवन भत्कँदा दर्जनौँको ज्यान गएको थियो।

हमासले राति नै दक्षिण इजरेलतर्फ कैयौँ रकेट प्रहार गरेको थियो। दिउँसो पनि हमला जारी रह्यो।दशौँ लाख इजरेलीहरू हमलाको साइरन बज्नासाथ घरको सुरक्षित कोठातिर दौडिएका थिए।प्यालेस्टिनीहरूले पनि सावधानी अपनाउने कोसिस गरे। तर सघन बसोबास भएको गाजामा धेरैसँग अन्त जाने विकल्प थिएन।

रियाद एस्कुन्तानाले रोयटर्स समाचार संस्थालाई बताएअनुसार उनले छोरीहरूलाई घरको सबैभन्दा सुरक्षित ठानिएको कोठामा सुत्न पठाएका थिए।तर केवल एक ६ वर्षीया छोरीमात्र बाँचिन्। उनका पत्नी तथा तीन छोरीको ज्यान गयो।

गाजाका अधिकारीहरूले भनेका छन्, पछिल्ला इजरेली हवाई हमलामा परी १६ महिला र १० बालबालिकासहित ४२ जनाको ज्यान गएको छ।गत सोमवारयता इजरेलमा रकेट हमलाहरूमा परी १० जनाको ज्यान गएको इजरेलले बताएको छ।

हालसम्म गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन्।बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन्।स्रोत बिबिसी