April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इजरायलमा १२ वर्षदेखी शासन गरिरहेका नेतान्याहूले सत्ताको चाबी गुमाउँदै

इजरायलमा १२ वर्षदेखी शासन गरिरहेका नेतान्याहूले सत्ताको चाबी गुमाउँदै

एजेन्सी – इजरायलमा १२ वर्षदेखी शासन गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सत्ताको चाबी गुमाउने भएका छन् । आइतबार संसदका सभापतिले नयाँ सरकारको गठनका लागि मतदान गर्ने घोषणा गरेका छन्।

नेतान्याहूका सहयोगी र संसदका सभापति यारीभ लेविनले मंगलबार मतदानको मिति र समय घोषणा गरेका हुन् ।

Advertisement

सरकारको गठनका लागि आठ दल बीचको गठबन्धनको साथ इजरायलको राजनीतिक परिदृश्य पूर्णरूपमा परिवर्तन भएको छ। नेतान्याहूका समर्थकले संसदका सदस्यको घरबाहिर विरोध प्रदर्शन गरी गठबन्धन तोड्न धम्की दिए पनि गठबन्धन सरकार गठन गर्न कटिबद्ध रहेको छ।

नफ्ताली बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुने

गठबन्धनका नेताहरूबीच भएको सहमति अनुसार नेतान्याहूको पूर्व सहयोगी र अल्ट्रानेशनलिस्ट नेता नफ्ताली बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुनेछन्।

त्यसपछि, यायर लेपिडले प्रधानमन्त्रीको पदभार लिनेछन् । जसलाई गठबन्धनको मुख्य रणनीतिकार मानिन्छ।