April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

काठमाडौँ– पाकिस्तानको सर्वोच्च अदालतले कराँचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ ।

शुक्रबार प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरू मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उक्त आदेश दिएको हो ।

Advertisement

पाकिस्तानी सञ्चारमाध्यम द नेशनका अनुसार यसबारे प्रतिवेदन पेश गर्नका लागि एक सदस्यीय समिति गठन गर्न पनि अदालतले आदेश दिएको छ ।

सुनुवाइका क्रममा हिन्दू काउन्सिलका अध्यक्ष डा. रमेश कुमारले मन्दिर भत्काएर नयाँ भवन बनाउन लागिएको जनाएका थिए ।

यस्तै, इटीपीबीका अध्यक्षले भने धर्मशाला रहेको भवनमा १९४७ देखि नै होटल सञ्चालन भइरहेको जनाएका छन् ।

– द नेशनबाट