April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

रियो दि जेनेरियो । अर्जेन्टिनाले झण्डै पौने तीन दशकको उपाधिविहीनको यात्राको अन्त्य गर्दै प्रतिष्ठित कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गरेको छ । घरेलु टोलीलाई १–० ले पाखा लाउँदै अर्जेन्टिनाले कोपाको उपाधि उचालेको हो ।

पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिनाले कोपा जितेको थियो । यस जितसँगै उसले सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गरको छ । माराकाना रंगशालामा भएको फाइनल खेलको २२ औँ मिनेटमा पीएसजीका स्ट्राइकार एन्जेल डी मारियाले रोड्रिगो डी पाउलको लामो पासमा निर्णायक गोल गरे । यो जित कप्तान लियोनल मेस्सीको खेल जीवनमा सर्वाधिक महत्वपूर्ण क्षण सावित भयो । क्लब बार्सिलोनामा लगभग सबै उपाधि जितेको मेस्सीले यसअघि राष्ट्रिय जर्सीमा कुनै पनि ट्रफी हात पारेको थिएन । मेस्सीले सन् २००५ बाट राष्ट्रिय टोलीबाट डेब्यू गर्दा सन् २००७, २०१५ र २०१५ मा कोपाको फाइनल र सन् २०१४ मा विश्वकपको फाइनलमा पराजय बेहोर्नु परेको तीतो क्षण थियो ।

Advertisement


‘मलाई राष्ट्रिय जर्सी लगाइरहँदा महसुस भइरहने पीडादायीको अनभवको अन्त्य गर्नु थियो,’ फाइनल जितेपछि प्रतिक्रिया दिँदै उनले भने । उनले प्रतियोगिता सर्वाधिक चार गोल गर्दै उत्कृष्ट गोलकर्ता र सर्वाधिक महत्वपूर्ण खेलाडीको ट्रफी पनि हात पारे । डी मारियाले म्यान अफ दि म्याच जित्दा गोलरक्षक इमिलियानो मार्टिनेजले पनि उत्कृष्ट गोलकिपरको उपािध पोल्टामा पारे । प्रशिक्षक लियोनल स्क्यालोनीले अर्जेन्टिना टोलीको जितले समग्र आलोचनाको अन्त्य भएको बताए ।