March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गहभरि आँसुका साथ मेस्सीले छाडे बार्सिलोना

गहभरि आँसुका साथ मेस्सीले छाडे बार्सिलोना

बार्सिलोना । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी गहभरि आँसु लिएर पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

मेस्सीले गहभरि आँसु पार्नुको कारण बार्सिलोना छाड्नुपर्ने रहेको छ । उनले बार्सिलोना छाड्नु अघि गहभरि आँसु पारे । पत्रकार सम्मलनमा उपस्थित हुँदा नै उनका आँखा रसाएको देखिन्थ्यो ।

Advertisement

मेस्सीले २१ वर्ष बार्सिलोनामा बिताए । उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताउँदै आफू र आफ्ना परिवार बार्सिलोनामा नै बस्न तयार भएका बताए ।

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको जनाइएको छ । तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर नभएको मेस्सीले बताए ।

बार्सिलोना क्लब छाडेसँगै उनको नाम यूरोपको प्रतिष्ठित क्लबहरुसँग जोडिएको छ । चेल्सी, टोटनम लगायतले चासो दिएपनि छ पटकका बेलोन डि ओर विजेता मेस्सी पेरिस सेन्ट जर्मेन जाने लगभग तय भइसकेको यूरोपेली मिडियाहरुले जनाएका छन् ।

२१ वर्ष बार्सिलोनामा रहँदा उनले अनेकौँ असम्भव कीर्तिमानहरु कायम गरे । १७ वर्षदेखि सिनियर तहमा खेल्न थालेयता उनले ३५ उपाधि जिताए । उनले ७७८ खेलमा कुल ६७२ गोल स्कोर गरे । ला लिगामा सर्वाधिक ४७४ गोल पनि उनकै नाममा कायम छ ।