April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गैर आवासीय नेपाली संघ युकेमा अझै  बुझबुझारथ भएन, झुटो  प्रचार प्रसार गरियो

गैर आवासीय नेपाली संघ युकेमा अझै बुझबुझारथ भएन, झुटो प्रचार प्रसार गरियो

लन्डन । गैर आवासीय नेपाली संघ यूकेको नयाँ कार्य समितिलाई पुरानो कार्य समितिले तीन करोड रुपैयाँसहित बुझबुझारथ गरियो भनी गरिएको प्रचार प्रसार झूटो भएको थाहा भएको छ । गैर आवासीय नेपाली संघयुकेले एक विज्ञप्ति मार्फत २३ अक्टोबरमा भएको निर्णय अनुसार हस्तान्तरण नभएकोमा चिन्ता व्यक्त गरेको छ ।

संघद्वारा आइतबार प्रकाशित विज्ञप्तिमा बैक खाताहरु र नगद मौज्दात पूर्ण रुपमा हस्तान्तरण नभएको र कुनै पनि बिल भरपाई लगायतका कागजातहरु नबुझाईएको र २३ अक्टोबरमा भएको निर्णयको पालना नभएको बताइएको छ ।

Advertisement

एनआरएनए यूकेको विज्ञप्ति ।

२३ अक्टोबरमा नयाँ र पुरानो कार्य समितिको हस्तान्तरण बैठकमा एचएसविसी वेलफेयर बैक तुरुन्त हस्तान्तरण गर्ने, अन्य बैंकहरु र नगद समेत छिट्टै हस्तान्तरण गरी पूर्ण रुपमा बुझबुझारथ गर्ने र आजसम्म नबुझाइएका कागजातहरु समेत छिट्टै बुझाउने भन्ने सहमति भएको थियो ।

तर निर्णय अनुसार बुझबुझारथ नगरी उल्टै करिव २ लाख ११ हजार पाउण्ड हस्तान्तरण गरिएको भनेर प्रचारप्रसार गरिएकोमा संघले आश्चर्य प्रकट गरेको छ । निवर्तमान कार्य समितिले नयां कार्य समिति निर्वाचित भैसकेपछि समेत एनआरएनए यूकेको बैंक खाताबाट खर्च गरिएको तथा २०१७–१९ को कार्य समितिले बुझाएको ५३ हजार पाउण्ड समेत जस्ताको तस्तै नबुझाइएको बताइएको छ ।

विज्ञप्तिका अनुसार सदस्यताबापत आइसीसीलाई बुझाउनु पर्ने करिव ५९ हजार डलर समेत अहिलेसम्म बुझाइएको छैन ।

निवर्तमान कार्य समितिको निर्वाचनताका भएको भनिएको अपारदर्र्शी खर्चका सम्बन्धमा विवाद भई बेलायतको अदालतमा मुद्दा चलिरहेको अवस्थामा उक्त समयावधिको कुनै पनि कागजात र निवर्तमान कार्य समितिको कार्यकालमा गरेको भनिएका खर्चहरुसम्वन्धि कुनै पनि बिल भरपाई हालसम्म हस्तान्तरण नभएको पनि गैरआवासीय नेपाली संघ यूकेले जनाएको छ ।