April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको प्रमुख सल्लाहकारहरु चयन

एनआरएनए यूकेको प्रमुख सल्लाहकारहरु चयन

लन्डन । एनआरएनए यूकेको कार्य समितिमा दश मुख्य सल्लाहकारहरुको चयन गरेको छ । नयाँ कार्य समितिले सय दिन पूरा गरेको अवसरमा आयोजना गर्न लागिएको समारोहलाई लक्षित गर्दैँ संघले सल्लाहकारहरु चयन गरेको हो ।

संघका महासचिव खुसी लिम्बुले जनाएअनुसार पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेको प्रमुख आतिथ्यमा बिशेष योगदान पुर्याएका १० जनाप्रमुख सल्लाहकारहरुलाई चयन गरिएको छ ।

Advertisement

गैरआवासीय नेपाली अभियान र प्रवासी नेपालीहरुको हक हितमा सक्रिय १० जना प्रबुद्ध व्यक्तित्वहरुलाईएनसीसी यूकेले प्रमुख सल्लाहकारमा मनोनित गरेको हो । एनसीसी यूकेले डा. राघव धिताल, क्याप्टेन बीर थापा, एभरेस्ट ल सोलिसिटर्सका प्रमुख सोलिसिटर राजु थापा, वरिष्ठ पत्रकारद्वय विजय थापा तथा भगीरथ योगी, जनस्वास्थ्यविद् प्रा.डा. पदम सिम्खडा, वरिष्ठ समाजसेवीहरु शान्ति थापा कुँवर, आरती श्रेष्ठ, नन्दकुमारी गुरुङ र ध्रुव केसीलाई प्रमुख सल्लाहकारमा मनोनीत गरिएको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्ति ।

त्यसैगरी, विभिन्न पेशा र व्यवसायमा ख्यातिप्राप्त व्यक्तित्वहरुलाई पनि विषयगत सल्लाहकारमा मनोनयन गरिएको छ । बेलायतमा रहेर नेपाल र नेपाली समुदायको इज्जत बढाउन सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई गैर आवासीय नेपाली अभियानमा सहभागी गराउने उद्देश्य अनुसार नै सल्लाहकार तथा विभिन्न विभागहरुमा मनोनयन गर्न लागिएको हो । ब्रिटिश गोर्खा सेनामा कार्यरत, भूतपूर्व गोर्खाज संगठन, भूतपूर्व गोर्खा सैनिकहरु, वरिष्ठ सामाजिक अभियन्ताहरु, बेलायतका स्थानीय निकायमा निर्वाचित काउन्सिलरहरु, स्वास्थ्य विभाग अन्तर्गतका नेपाली चिकित्सकहरु, नर्सहरु, लेखा विज्ञहरु, इन्जिनियरहरु, कानूनविदहरु, पाक् कलाका विज्ञहरु, प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरु, राजनीतिक दलका अगुवाहरु, युवा, सन्चारकर्मी, खेल क्षेत्रका अगुवाहरु, एनसीसी यूकेका चार वटै राज्य समन्वय परिषद् तथा मानसिकस्वास्थ्य विज्ञ लगायतका क्षेत्रबाट सल्लाहकार मनोनयन गरिएको संघका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।