May 9, 2024, Thursday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘एनआरएनए ठूलो खोला भएका कारण आकर्षण र रस्साकास्सी धेरै देखिएको हो’ – यूके महासचिव लिम्बु

‘एनआरएनए ठूलो खोला भएका कारण आकर्षण र रस्साकास्सी धेरै देखिएको हो’ – यूके महासचिव लिम्बु

गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेका महासचिव खुसी तावा लिम्बु बेलायतमा चिरपरिचित सामाजिक व्यक्तित्व हुन् । नेपालको पुख्र्यौली पान्थर याङ्वरकको थर्पू दारिम्बा घर भएका लिम्बु सन् २००४ मा बेलायतमा प्रवेश गरेसँगै दर्जन बढी संघसंस्थाम संलग्न भएर सामाजिक, राजनीतिक र सामुदायिक क्रियाकलापहरूमा सक्रिय छन् । सन् २००५ मा एनआरएनएमा प्रवेश गरेपछि उनी सन् २०१५ मा प्रवक्ता एवम् च्यारिटी विभागको प्रमुख हुँदै सन् २०२१–२३ को कार्यकालका लागि महासचिव पदमा निर्वाचित भएका छन् । यसै सेरोफेरोमा गत अगष्ट ६ तारिखमा प्रेम गाहा मगरको नेतृत्वमा आएको दसौँ कार्य समितिले भर्खरै मात्रै सय दिन पूरा गरेको अवसरमा एनआरएनएकै विषयवस्तुमा केन्द्रित रहेर सिलौटी टाइम्सका सम्पादक अमित थेवेले महासचिव लिम्बुसँग लिएको अन्तरवार्ताको सारसंक्षेप प्रस्तुत छ :

एनआरएनए यूकेले भर्खरै आफ्नो मधुमास पूरा गरेको छ । समग्रमा सय दिन कस्तो रह्यो ?
अहिलेको कार्य समिति सबैभन्दा प्रगतिशील देखिएको छ । भिजन भएको टिम छ । कार्य सम्पादनदेखि जिम्मेवारी बाँडफाँड चुस्त दु?स्त रहेको छ । आइसीसीको विषयमा खासै केन्द्रित हुन नपरेकोले पनि सारा शक्ति एनसीसीमै खर्चिन पाएका छौँ । यसकारण उत्पादनशील सावित भएको छ । डेलिगेट्स विवाद बाहेक खासै अन्यत्र मोडिने अवस्था आएको छैन ।

Advertisement

सय दिनमा भएका र सम्झनै पर्ने कामहरू के के भए त ?
निश्चय पनि उल्लेख्य काम भएका छन् । हामी निर्वाचित भएको केही दिनमै महत्वपूर्ण कामहरू गर्न पायौँ । हामीले भर्चुअल र भौतिक दुवै रूपमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आयोजना गर्यौँ । त्यस्तै, सेप्टेम्बर १७ मा गरेको च्यारिटी कार्यक्रमबाट २८,००० पाउन्ड संकलन गर्न सफल भयौँ । इतिहासमा पहिलो पटक एनआरएनए यूकेले अल्डरसटमा आफ्नै कार्यालय स्थापना गर्यो । हामीले सदस्य लेभीबाटै यसको व्यवस्थपान गरिरहेका छौँ । कार्यालय पाँचै दिन खुल्नेछ ।
सबैभन्दा स्मरणीय कुराचाहिँ गोरखा सैनिकको विषयमा हामीले देखाएको तदा?कता र सक्रियता हो । गोरखा सत्याग्रह आन्दोलनमा संघर्षरत रहेका पूर्व सैनिकहरूको आन्दोलनमा सहभागी भयौँ । आमरण अनसन बसेको ठाउँमा स्थलगत ?पमै भेट्न गयौँ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, बेलायती रक्षामन्त्री बेन वालेस सबैलाई पत्राचार गर्यौँ । भर्खरै अर्को साता संसदम बहस हुने कुरा पनि आएको छ । त्यस्तै, बेलायत–नेपाल सिधा हवाई उडान सेवालाई सुचा? गर्न पहलकदमी बढाउन पर्यटनमन्त्री प्रेम आलेलाई आग्रह गरिसकेका छौँ । नेपाललाई कोभिड–१९ को रातो सूचीबाट हटाउन पनि पहल गर्यौँ । प्राकृतिक प्रकोप पीडितका लागि दस लाख ?पैयाँ बढी रकम नेपाल पठायौँ । एनआरएनएको कामलाई व्यवस्थित ढंगले बढाउन १८ विभागहरू बनाएका छौँ । जसमा छ वटाले पूर्णता पाइसकेको छ ।

मिडियाभर अघिल्लो समिति र वर्तमान समितिको बरबुझारथ र हिसाबकिताबबारे प्रश्न उठेका छन् नि । के एनआरएनए फेरि आर्थिक विवादमा मुछिएको हो ?
खासमा भएको रहेछ भने पूनम गरूङ नेतृत्वको समितिलाई यसअघिको सन् २०१७ – २०१९ को समितिले पदीय जिम्मेवारी मात्रै हस्तान्तरण गरेको रहेछ । आर्थिक विवरण, खातापाता राम्रोसँग ह्यान्डओभर भएनछ । त्यस्तै, सो समितिलाई पनि एवम् रीतले सन् २०१५ – २०१७ को समितिले पनि प्रभावकारी ?पले हिसाब नबुझाउँदा समस्या आएको हो । कल्याण कोषको कुरा पनि छ । यसबारे हाम्रो आर्थिक विभागले सहज ढंगले हिसाब किताब लिने काम गरिरहेको छ । छ सात वटा खाताहरू एकीकृत ?पमा लाने कुरा छ ।
प्यानल नै निर्वाचित भएको अवस्थामा काम गर्न सहज हुनुपर्ने हो । तर, कता कता समितिभित्रै मनमुटाव भएको भन्ने कुरा पनि सुन्नमा आएको छ । मामिला के हो ?
हामीमा त्यस्तो धेरै विवाद केही छैन । अध्यक्ष गाहा मगर इमानदार, हक्की र खट्ने खालको हुनुहुन्छ । उहाँ सातै दिन खट्ने वाचा गरेअनुसार काम गरिरहनु पनि भएको छ । खेलकुद र सैन्य पृष्ठभमिबाट आउनुभएका कारण उहाँले सबैभन्दा धेरै सचेत भएर नेतृत्व विकासको कुरा सिकिरहनुभएको छ । हामीले पनि प्रत्येक दिन केही सिकिरहेका छौँ । विगतका दिनहरूले सबक पनि दिएको छ । अघिल्लो कार्य समितिभन्दा केही राम्रो काम गर्नुपर्ने दबाब छ । कार्य समितिमा कोही कतै त्यस्तो व्यक्तिगत स्वार्थ लिएर आउनुभएको जस्तो लाग्दैन । सामूहिकतामा नगई धरै छैन ।  यसकारण, हामी अलग अलग क्षेत्र, पेशा, हैसियतबाट आएपनि एनआरएनएमा एकै ठाउँमा छौँ ।

एनआरएनए यूके महासचिव खुसी लिम्बु ।

एनआरएनए सम्भ्रान्त वर्गको संगठन भनेर धेरैले बुझ्छन् । तर, पनि आकर्षणसँगै विवाद किन भएको हो ?
एनआरएनए ठूलो मञ्च हो । यसलाई नेपाल सरकारले गैरआवासीय नेपाली ऐन २०६४ अनुसार पहिचान गरेको छ । यो अर्ध कूटनैतिक संगठन हो । प्रवासमा रहेको सबैभन्दा ठूलो संगठन पनि हो । यसकारण आकर्षण छ । यो सानो कुवा नभएर ठूलो नदी हो । त्यसकारण कहिले सङ्लो बग्छ त कहिले धमिलो । तर, निरन्तर वेगका साथ बगिरहन्छ । धेरै विचार भएका मानिसहरू जम्मा भएपछि केही विवाद, बहस हुनु सामान्य हो । अब यो धनीमानीको क्लब रहेन । सर्वसाधारण र सामान्य ज्यालादारी गर्नेहरू पनि नेतृत्व तहमा पुग्दैछन् । यूके एनसीसी त्यसको उदाहरण हो ।

केही व्यक्ति र संगठनहरूले एनआरएनएको पहिचानलाई नकारिरहेको देखिन्छ नि । हामी एनआरएनए होइनौँ । अर्कै पहिचान भएका समूह हौँ भनेका छन् । के भन्नुहन्छ यसबारे ?
तपाईले यूकेमा गोरखा सेनाका हकमा भन्नुभएको होला । म पनि पूर्व गोरखा सैनिककै छोरा हूँ । हामी एक साथ नेपाली पनि हौँ । गोरखा सैनिकसँग सम्बन्धित सन्तान पनि हौँ । यो एक उपरिचय हो । यसैगरी, अन्य साँस्कृतिक पहिचान पनि छन् । सबैको आ–आफ्नै ठाउँमा पहिचान छ । सवालचाहिँ नेपाल सरकारले हामीलाई कसरी लिन्छन् भन्ने पनि हो । किनकि, हाम्रो मातृभूमि होस् या पुख्र्यौली भगोल नेपाल हो । फेरि, सरकारले ऐनमार्फत् नेपाली भनेर सार्क राष्ट्रबाहेकका देशमा बस्ने गैरआवासीय नेपालीलाई सिधैँ सम्बोधन गरेको छ ।

एनआरएनए यूकेले अहिले के काम गरिरहेको छ ?
अहिले हामीले भर्खरै सल्लाहकारहरू नियुक्त गर्यौँ । च्यारिटी दर्ता गरेका छौँ । ट्रस्टीहरू छान्दै छौँ । हिसाब किताब एकीकृत गर्न लागिरहेका छौँ । आइसीसीसँग हाम्रो सम्बन्ध केही सुध्रिएको पनि अवस्था छ । अबको तीन महिनामा एनसीसीको नेपाल हाउसका लागि फन्ड रेजिङ कार्यक्रम राख्दैछौँ ।

एनआरएनए यूकेको भावी योजनाहरू के के छन् ?
अब हामीसँग २१ महिना बाँकी छ । यसबीच सबैभन्दा महत्वकाङ्क्षी नेपाली हाउसको परियोजना सम्पन्न गर्नु छ । अन्य धेरै कामहरू संस्थागत गर्दैछौँ । प्रवासमा रहेका  नेपालीहरूकाे नागरिकता निरन्तरताको कुरा पनि सम्बाेधन गर्नु छ । नेपालको विकासमा लगानीको कुरामा पनि प्रवासी नेपालीहरूका लागि बाेर्डमार्फत सहज गर्नु छ । लामाे समयदेखि थाती रहेको पूर्व गाेरखा सैनिकहरूकाे मुद्दा पनि कूटनीतिक तहबाट समाधान गर्नका लागि पहल गर्नु छ । अवरुद्घ बेलायत नेपाल सिधा हवाई सेवा सुचारूका लागि हामी निरन्तर पहल गरिरहनेछाैँ ।