May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेकाे सय दिने उत्सव सुरु

एनआरएनए यूकेकाे सय दिने उत्सव सुरु

अल्डरसट, २० नाेभेम्बर । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेकाे दसाैँ कार्य समिति(सन् २०२१-२३) ले सय दिन पूरा गरेको अवसरमा शनिबार उत्सव एवम् च्यारिटी डिनर कार्यक्रम सुरु गरेको छ ।

एम्पायर हलमा भइरहेको कार्यक्रम एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) का पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक डा. शेष घले प्रमुख अतिथिका रूपमा सम्बाेधन गर्दैछन् । दसाैँ कार्य समिति गत अगष्ट ६ तारिखमा निर्वाचित भएको थियाे । अध्यक्ष प्रेम गाहा मगरकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि, एनआरएनएका पूर्व नेतृत्वहरू, वर्तमान नेतृत्वहरू, संरक्षकहरू, सल्लाहकारहरू, बेलायतमा रहेका विभिन्न संघसंस्थाका अगुवाहरू सहभागी छन् ।

Advertisement

एनआरएनएकाे स्मारिका ‘एनआरएन भ्वाइस’ काे नयाँ अङ्क विमाेचन हुँदै ।

सय दिनकै अवसरमा एनआरएनएकाे स्मारिका ‘एनआरएन भ्वाइस’ काे नयाँ अङ्क पनि लाेकार्पण गरिएको महासचिव खुसी लिम्बुले जानकारी दिए । च्यारिटीबाट उठेको रकम इन्द्रेणी नेपाललाई हस्तान्तरण गरिने प्रवक्ता भरतमणि चाेङवाङ लिम्बुले जनाए ।