May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तमु फिल्म स्यूरूको प्रदर्शनी हुँदै

तमु फिल्म स्यूरूको प्रदर्शनी हुँदै

अल्डरसट । तमु(गुरूङ) सँस्कृतिमा आधारित चलचित्र ‘स्युरू’ को विशेष प्रदर्शनी यूकेमा हुने भएको छ । गुरूङ भाषामा निर्मित चलचित्र स्युरूको आगामी साता अल्डरसटमा प्रदर्शन हुँदैछ ।

स्वस्तिका फिल्मस् प्रालिको चौथो प्रस्तुतिका रूपमा रहेको फिल्म डिसेम्बर १० तारिख शुक्रबारका दिन अल्डरसटको एम्पायर हलमा प्रदर्शन हुँदैछ । सो फिल्मका लेखक तथा निर्देशक सोम गुरूङ हुन् । यस्तै, विकास क्रोम्चे गुरूङ कार्यकारी निर्माता रहेका छन् । नेपालको लमजुङमा छायांकन गरिएको चलचित्र स्युरूको शाब्दिक अर्थ काँचो धागो भन्ने हु्न्छ । जुन गुरूङ सँस्कृति अनुसार प्रयोग गरिने सेतो कपडामा हंस रहने विश्वास गरिन्छ ।

Advertisement

बेलायतमा हुने प्रदर्शनीमा तमु(गुरूङ) चलचित्रकर्मी एकिन्द्र गुरूङ, डम्बर घले र जुमकाजी गुरूङहरूले संयोजन गरिरहेका छन् ।