April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

अमूर्त साँस्कृतिक सम्पदाबारे अभिमुखीकरण तालिम सुरु

उर्लाबारी । अमूर्त साँस्कृतिक सम्पदा महासन्धि २००३ सम्बन्धि सचेतनामूलक अभिमुखीकरण तालिम पूर्वमा सुरु भएकाे छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकाे आयाेजना र धिमाल जातिय विकास केन्द्र ,केन्द्रीय समितिकाे व्यवस्थापनमा  तालिम सुरु भएको हाे । प्रतिष्ठानका उपाध्यक्ष गाेकुल प्रसाद घर्ती मगरकाे प्रमुख आतिथ्यतामा सदस्य सचिव कमल प्रसाद राजवंशीकाे विशेष आतिथ्यतामा र धिमाल जातिय विकास केन्द्र केन्द्रीय समिति का उपाध्यक्षद्वय केदार धिमार र शान्तीदेवि धिमालकाे आतिथ्यतामा भएकाे कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका अनुगमन अधिकृत जगतमान गुरुङले गरेका थिए ।

Advertisement

तालिममा सहभागीहरू ।

धिमाल जातिय विकास केन्द्र काे सभाहलमा तालिमकाे उदघाटन भएकाे थियो ।  तालिममा तराईका आदिवासी र लाेपाेन्मुख जातिहरु धिमाल, मेचे, ताजपुरिया, गन्गाइ, राजवंशी, थारू, सन्थाल, लेप्चा, किसान लगायतका जातीय संस्थाका अगुवाहरु तालिममा सहभागी छन् ।

तालिमकाे सहजकर्ता एवम् प्रशिक्षक डा. साेम बहादुर धिमाल र दुर्याेधन बस्नेत छन् ।  तीन दिन असार ८ गते सम्म चल्ने छ । लाेक बहादुर धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन महासचिव मातृका धिमालले गरेका थिए ।