April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतका रक्षा प्रमुख विपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा १३ जनाको मृत्यु

भारतका रक्षा प्रमुख विपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा १३ जनाको मृत्यु

एजेन्सी । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएपनि एकजना मात्र जिवित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जीवित रहेका एकजना को हुन् भन्ने अझै खुलाइएको छैन । भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि हेलिकोप्टरमा थिए । उनको उद्धार गरी अस्पताल लगिएको उल्लेख थियो । तर, अवस्थाबारे केही बताइएको छैन । भारतका रक्षामन्त्री राजनाथ सिंह रावतको घर पुगेका छन् ।

Advertisement

हेलिकोप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ । अरु यात्रुबारे खुलाइएको छैन ।