April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको डिजिटल एपलाई स्वीच अन गर्दै डिजिटल औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

त्यस्तै कार्यक्रममा पुस्तक विमोचन पनि गरिएको छ । स्वर्गीय नेता खुमबाहदुर खड्काको स्मृतिमा लेखिएको एक पुस्तकलाई सार्वजनिक गरिएको हो ।

Advertisement

नेपाली काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा सुरु भएको छ । कार्यक्रममा देश तथा विदेशका पाहुनाहरुको उपस्थित रहेको छ ।

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ भने सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।