September 14, 2025, Sunday
२०८२ भाद्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रोपटक सभापति निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रोपटक सभापतिको कुर्सीमा पुगेका छन्।

अन्तिम परिणामअनुसार देउवाले २७३३ मत ल्याएका छन् भने कोइरालाले १८५५ मत ल्याएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकामा ३५ बदर भएका थिए।

Advertisement

अघिल्लो महाधिवेशनमा जस्तै यसपालि पनि सभापतिमा निर्वाचित हुन देउवाले दोस्रो चरणको मतदानसम्म कुर्नुपर्यो। आफ्नै समूहका नेता विमलेन्द्र निधि सभापतिको उम्मेदवार बनेपछि देउवाले सुरूआती चरणबाट जित निकाल्न सकेनन्। उनले दोस्रो चरणमा विजयी हुन निधिलाई मात्र होइन, सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहको पनि साथ लिनुपर्‍यो।