May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको प्रेस तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । नियमित भेटघाटअन्तर्गत विभागको बैठक सम्पन्न भएको हो ।

आइतबार भएको भर्चुअल जुम बैठकमा विभागले आफ्नो आगामी कार्यक्रमहरूबारे छलफल गरेको एनआरएनए यूकेका प्रवक्ता एवम् विभागका प्रमुख संयोजक भरतमणि चोङवाङ लिम्बुले जनाए । बैठकमा मुख्य सल्लाहकार एवम् वरिष्ठ पत्रकार भगीरथ योगी, संयोजक एवम् लन्डन नेपाल न्यूज डटकमका सम्पादक शिव भण्डारी र मिडिया सचिव एवम् सिलौटी टाइम्सका सम्पादक अमित थेवे सहभागी भएका थिए ।

Advertisement

एनआरएनएको प्रेस तथा प्रकाशन विभागले गत नोभेम्बरमा पूर्णता पाएको थियो । विभागको अन्य सदस्यहरूमा नेपाल संसार डट कमका सम्पादक मन्दिप केसी, सिलिचुङ डटकमका सम्पादक किरण राई र सञ्चारकर्मी सिर्जना निङ्लेकू रहेका छन् । विभागले गत नोभेम्बर २२ मा सन् २०२१–२३ को कार्यकालका लागि निर्वाचित भएको एनआरएनएको एनसीसीले सय दिन पूरा गरेको अवसरमा स्मारिका प्रकाशन गरेको थियो । बैठकले स्मारिकको प्रकाशनलाई निरन्तरता दिने सवालमा पनि छलफल गरेको संयोजक भण्डारीले बताए । उनले आगामी अगष्टमा पहिलो वार्षिकोत्सवका अवसर पारेर नयाँ अंक निकाल्ने गरी काम जूनदेखि काम थाल्नुपर्ने कुरामा जोड दिए ।

एनआरएनए यूकेको मिडिया विभाग(सन् २०२१-२३) टिम ।

सल्लाहकार भगीरथ योगीले एनआरएनएको मिडिया नीतिबारे पनि विभागले प्रष्टता ल्याउनुपर्ने सुझाव दिए । प्रवक्ता लिम्बुले विभागलाई स्रोत साधनसम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने बताए । यस्तै, सचिव अमित थेवेले यूकेमा नयाँ पत्रकारहरूको उत्पादन र भएका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने धारणा राखे । एनआरएनए यूकेले विभागबाट बेलायतमा रहेका सबै पत्रकारहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै साक्षात्कार कार्यक्रमहरू आयोजना गर्नुपर्ने उनले बताए । बैठकले प्रवक्ता भरतमणि चोङवाङ लिम्बु कार्यव्यस्तताका कारण यूकेबाहिर जानुपर्ने भएकोले कार्यवाहक प्रवक्ता संयोजक शिव भण्डारीलाई तोक्ने निर्णय गरेको थियो ।