April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार महासङ्घ यूकेकाे मिडिया कार्यशाला सुरु

पत्रकार महासङ्घ यूकेकाे मिडिया कार्यशाला सुरु

लन्डन । नेपाल पत्रकार महासङ्घ, यूकेकाे आयाेजनामा एक दिने मिडिया कार्यशाला सुरु भएको छ । बेलायतमा रहेका संघसंस्थाका अगुवाहरूमा मिडियासम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला आयाेजना गरिएकाे हाे ।

मिडिया कार्यशालाको ब्यानर ।

शनिबार भर्चुअल रूपमा जुममा आयाेजना गरिएको कार्यशालामा प्रेस विज्ञप्ति लेखनबारे प्रशिक्षणात्मक कार्यशाला राखिएको महासङ्घ, यूकेका अध्यक्ष ध्रुव अर्यालले जनाए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ यूकेका पूर्व अध्यक्ष नरेश खपाङ्गी मगरले प्रशिक्षण दिइरहेका छन् । उनी दशक बढी समयदेखि छापा र अनलाइन पत्रकारितामा सक्रिय छन् ।

Advertisement

कार्यशालामा एनआरएनए, नेपाली संस्थाहरू, जातीय संस्थाहरू, गाेरखा सैनिक सङ्गठनहरू, साहित्यिक संस्थाहरू, सञ्चार गृह लगायत चार दर्जन बढी संघ संगठनका करिब सय अगुवा एवम् प्रतिनिधिहरू सहभागी भएको महासचिव नरेन्द्र बस्नेतले बताए । बेलायतमा करिब साढे तीन सय बढी नेपाली सङ्घ संस्थाहरू स्थापना भएका छन् । नेपाल पत्रकार महासङ्घ, यूकेकाे स्थापना सन् २०११ मा भएको थियोे ।