April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस जुलाइ १० मा मनाउँदै

पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस जुलाइ १० मा मनाउँदै

लन्डन । नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ।

आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो ।

Advertisement

आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस कार्यक्रमको संयोजकमा महासचिव नरेन्द्र बस्नेत र सहसंयोजकमा उपाध्यक्ष प्रमिला लावुङ राईलाई चयन गरेको छ।

त्यस्तै, कार्यक्रमको लागि आर्थिक कोष व्यवस्थापनको जिम्मा कोषाध्यक्ष एसके गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङ्नामलाई प्रदान गरिएको छ।

शाखाको दुई साताअघि सम्पन्न कार्यसमिति बैठकले अबदेखि हरेक वर्षको जुलाइ १० लाई स्थापना दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। शाखाले यस वर्ष पहिलोपटक स्थापना दिवस मनाउने तयारी थालेको हो।

दशौँ स्थापना दिवस समारोहमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार वितरण, शाखाका अग्रजहरुको सम्मान, दशौँ वार्षिकोत्सव विशेष स्मारिका प्रकाशनसहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरु समेत गरिने शाखाले जनाएको छ।

कार्यक्रममा पत्रकारिता तथा सञ्चार जगतसँग सम्बन्धित राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अतिथिहरुको साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरुको सहभागिता रहनेछ।

कार्यक्रमको लागि भेन्यू, समय, कार्यक्रम तालिकादेखि जिम्मेवारी विभाजनलगायतका कार्य केही साताभित्रै टुंगो लागाइने कार्यक्रम संयोजक एवम् शाखाका महासचिव बस्नेतले जानकारी गराए। कार्यक्रम सफल पार्ने उद्धेश्यले शाखाका अग्रज एवम् संस्थापकहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरुसहित समुदायका सरोकारवाला विभिन्न पक्षसँग सल्लाह र परामर्श समेत गर्ने योजना बनाइएको उनले बताए ।

नेपाल पत्रकार महासंघको वैदेशिक शाखाका रुपमा सन् २०११ मा बेलायत शाखा स्थापना गरिएको थियो। नवीन पोखरेल संस्थापक अध्यक्ष रहेको शाखालाई चिरन शर्मा र नरेश खपांगीमगर हुँदै अहिले ध्रुवराज अर्यालले नेतृत्व गरिरहेका छन्।

नेपाल पत्रकार महासङ्घ यूकेका पूर्व अध्यक्षहरू माथि बायाँबाट नवीन पाेख्रेल, नरेश खपाङ्गी मगर, तल बायाँबाट पूर्व अध्यक्ष चिरन शर्मा र वर्तमान अध्यक्ष ध्रुवराज अर्याल ।

शाखाले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको सीप, क्षमता अभिविद्धिका साथै बेलायत, तथा नेपालमा कार्यरत पत्रकारहरुको प्रोत्साहन र सहयोगका लागि विभिन्न कार्य गर्दै आएको छ।